मकवानपुर, भदौ २१ गते । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका ४ नम्बर वडा कार्यसमितिले मृतकका परिवारलाई काजकिरियाका लागि २१ हजार रुपैंया सहयोग गरेको छ । लामो समय उपचाररत रहेका सेतिमाया बलको निधन भएपछि उनका परिवारलाई कांग्रेसले किरिया खर्चका लागि आर्थिक सहयोग गरेको हो ।
साथै उक्त आर्थिक सहयोग नेपाली कांग्रेसका वडा सचीव टिकाराम थिङ, टोल सभापति खुसिलाल मुक्तान र युवा नेता जोक मुक्तान (मोहन) ले मृतक परिवारको घरमै पुगेर हस्तान्तरण गरेका छन् । आर्थिक अवस्था निक्कै नाजुक रहेको खबर पाएपछी कांग्रेस वडा समितिको सहजीकरणमा सहयोग रकम उठाएर सहयोग गरेको वडा सचिव टिकाराम थिङले बताए ।
प्रतिकृया दिनुहोस्










