राक्सिराङ, मकवानपुर । दीपावली–२०८२ सालको पावन अवसरमा जयसिन्ताल युवा क्लब, राक्सिराङ गाउँपालिका ४ द्वारा “दोश्रो टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता” आयोजना हुने भएको छ ।
“राक्सिराङको शान, जयसिन्ताल खेलकुद मैदान” भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिता असोज ३१ गतेदेखि शुरु भई कात्तिक ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता राक्सिराङ गाउँलालिका ४ स्थित जयसिन्ताल खेल मैदानमा हुने छ । खेलमा सहभागी हुन चाहने टोलीहरूले असोज ३० गतेसम्म दर्ता गराइ सक्नु पर्ने आयोजक समितिले जनाएको छ ।
दर्ता शुल्क रु. ३०००/- तोकिएको छ ।
प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
पहिलो पुरस्कार: रु. ३०,०००/-
दोस्रो पुरस्कार: रु. २०,०००/-
आयोजक जयसिन्ताल युवा क्लबका अनुसार खेलकुदले युवाहरूमा अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
अधिक जानकारीका लागि सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएको छ –
९८६३५५८४८२, ९८६५७८७८७८, ९७४३७३७६१००










