राक्सिराङ- बाबालाई समर्पित छोराको मन छुने खुला पत्र

राक्सिराङ, मकवानपुर । जीवनका कठोर घाउ र परिस्थितिका आँधीबीच पनि एउटा छोराले आफ्ना बुबाप्रति व्यक्त गरेको भावनाले अहिले सामाजिक सञ्जालमा धेरैको मन छोएको छ । ‘तपाईं मेरो रगतको एक–एक थोपा हो बाबा,’ भन्दै राक्सिराङ गाउँपालिका ४ का सुरेश ब्लोनले आफ्ना बुबालाई समर्पित एउटा हृदयविदारक स्टाटस लेखेका छन् ।

ब्लोनले लेखेका छन् —

“तपाईं मेरो नशा, मेरो रगतको एक–एक थोपा हुनुहुन्छ बाबा । परिस्थिति जसरी आइ परे पनि, हाम्रै कमजोरीले आज यो दिन देख्नु परेको हो । संसारिक जिन्दगीका कुरा त सबै लोभ र फसादले ढाकिएका छन् । जसले जे भनून्, म चाहिँ तपाईंलाई खुशी देख्न चाहन्छु, बाबा ।”

उनले आफ्नो बुबासँगको अन्तिम भेट सम्झिँदै लेखेका छन्,

“जेल–  जुन संस्था वा ब्यक्तीले तपाईंलाई बेहोर्न बाध्य बनायो, त्यो ठाउँमा बिताएको प्रत्येक क्षण मेरो मनबाट कहिल्यै मेटिँदैन । हामीले तपाईंलाई ‘बाइ’ भन्नु पर्ने परिस्थिति आयो, तर केही वर्षका लागि मात्रै हो । छोरोले  केही गर्न सकेन, माफ गर्नुहोस् बाबा ।”

भावनाले ओतप्रोत हुँदै उनले थपेका छन् —

“मान्छे जस्तोसुकै परिस्थितिमा परे पनि कानुनको सम्मान गर्नुपर्छ भन्ने सिकाएका तपाईंको शिक्षा म कहिल्यै बिर्सन्न । कानुनको सम्मान नगर्नेले फेरि तपाईंलाई फर्काएको गल्ती मैले दोहोर्‍याएको छु । sorry बाबा, तपाईंलाई धेरै माया छ । love you baba ।”

यो पत्रले एक असहाय छोराको पीडा, पछुतो र पिताप्रतिको अमिट माया प्रष्ट देखाउँछ । समाजमा कहिलेकाहीँ गल्ती, परिस्थितिको सिकार, र असमान अवसरले मानिसलाई कठिन मोडमा पुर्‍याउँछ — तर त्यही मोडमा पनि सन्तानले बुबाप्रतिको आदर र प्रेम नबिर्सने उदाहरण सुरेश ब्लोनले दिएका छन् ।

यो मन छुने पत्र अहिले सामाजिक सञ्जालमा निक्कै भाइरल बन्दै गएको छ । धेरैले यसलाई “सन्तानले बुबाको माया शब्दमा पोखेको सबै भन्दा भावनात्मक अभिव्यक्ति” भनेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.