तिहार त आयो तर राक्सिराङमा हरायो मखमली र सयपत्री फूल

मकवानपुर । देशभर तिहारको रौनक नजिकिँदै गर्दा देशका बजारहरू रंगीन फूलले भरिँदै छन् । तर मकवानपुरको राक्सिराङ गाउँपालिकामा भने मखमली र सयपत्री फूल बिस्तारै लोप हुँदै गएका छन् । गाउँमा पहिले जति फूलले बारीलाई ढकमक्क बनाउथे, अहिले त्यति ढकमक्क फुलेको देखिँदैन ।

पहिले तिहार सुरु हुनुअघि घर–घरको बारीमा फूलको ढकमक्ताले गाउँभर रमाइलो हुन्थ्यो । बारीका पाखा–पखेरामा रातो मखमली र पहेंलो सयपत्रीको गन्धले सिङ्गो गाउँ झकिझकाउ थियो । अहिले त्यो दृश्य हराएको छ ।

राक्सिराङ–४ का किसान शान्त तामाङ भन्छिन्,

“पहिले तिहार आउँदा बिहानैदेखि फूल टिप्ने, मालाको तयारी गर्ने र बजार पठाउने कामसम्म हुन्थ्यौं । अहिले त्यो उत्साह हराएको छ । मखमली र सयपत्री रोप्नै छाडेका छन् । हामीले अहिले अदुवा र मकै खेतीतिर ध्यान दिन थाल्यौं ।”

किसानहरूका अनुसार बजारमा पाईने कृतिम फुल र मालाको प्रयोग, उत्पादन लागतको वृद्धि, बीउ र मलको समस्या, अनि स्थानीय स्तरमा प्रोत्साहनको कमीले गर्दा फूल खेती घट्दै गएको हो ।

राक्सिराङ–५ का अर्का युवा किसान नारायण चेपाङ भन्छन्,

“हामीले फूल रोप्दा बजारमै बिक्री नहुने समस्या भयो । तिहारमा पनि गाउँमै बेच्ने ठाउँ भएन । बजार लगियो भने बिचौलियाले सस्तोमा किन्थे, त्यसैले धेरैले अब यो रोप्न छोडेको बताए ।”

अब राक्सिराङका दिदिबहिनीले बजारको कृतिम माला प्रयोग गरेर तिहार मनाउने योजना गरेका छन् । राक्सिराङका अधिकांश किसानले फूल रोप्न छोडेपछि गाउँमा तिहारको रमझम देख्नै छोडेको छ । साथै गाउँको मौलिक सौन्दर्य र आत्मनिर्भरता दुवै घटाएको समेत स्थानीयहरू बताउँछन् ।

राक्सिराङ गाउँपालिकाका बबुद्धिजीवीले भने,

“हामीले आगामी वर्षदेखि फूल खेतीलाई पुनर्जीवित गर्ने योजना बनाएका छौं । स्थानीय युवालाई तालिम र बीउ सहयोगमार्फत प्रोत्साहन गरिने छ । मखमली र सयपत्री हाम्रो संस्कृति र तिहारको आत्मा हो, त्यसलाई जोगाउनु हाम्रो जिम्मेवारी हो ।”

तिहार नेपालीहरूको प्रमुख पर्व हो, जसमा फूलको तिहार नेपालीहरूको प्रमुख पर्व हो, जसमा फूलको विशेष महत्व रहन्छ । तर राक्सिराङमा ती फूल हराउँदै जाँदा स्थानीयको मनमा चिसोपना बढेको छ । अब गाउँलेहरू चाहन्छन् — गाउँले पहाड पुनः फूलले ढाकियोस्, र तिहारको रौनक आफ्नै माटोमा फर्कियोस् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.