मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ५ मा समाजसेवी रेखा तामाङ लोप्चनको सहजीकरण र मानवसेवा अभियानमार्फत आज (२०८२ असोज २६ गते) स्थानीय अशक्त, अपाङ्ग, एकल महिला र आर्थिक रूपमा कमजोर परिवारहरूलाई खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ ।
सहयोग अभियानमा स्थानीय युवा नेताहरू रामशरण राना प्रजा, अवी राना प्रजा, र प्रवेश गोल्ले तामाङले सक्रिय भूमिका निभाएका थिए । कार्यक्रम अन्तर्गत १२ जना विपन्न नागरिकहरूलाई चामलसहितका दैनिक उपभोगका सामग्री वितरण गरिएको हो ।
साथै सहयोगमा साथ र प्रोत्साहन दिने कर्ण तेलिजा गुरुङ, प्रयमा आरजी, सलीन समिन, र अमृता गुरुङप्रति आयोजक टोलीले विशेष धन्यवाद व्यक्त गरेको छ ।
वितरण सूची यसप्रकार:
सुकमाया प्रजा (५२) – अशक्त
बुधी माया प्रजा (७०) – एकल महिला
भेदी प्रजा (६५) – वृद्ध, आर्थिक अवस्था कमजोर
सुन्तली प्रजा (५५) – एकल महिला
प्यासन प्रजा (१७) – अपाङ्ग बालक
सुनिल प्रजा (१६) – अपाङ्ग बालक
होलिमाया प्रजा (६०) – अपाङ्ग (ढाड भाचिएको)
गौरीमाया प्रजा (६६) – एकल महिला
सूर्यमाया प्रजा (५०) – एकल महिला
सुमनमाया प्रजा (६१) – एकल महिला
जललक्ष्मी प्रजा (६५) – आर्थिक अवस्था कमजोर
जयराम प्रजा (१०६) – ज्येष्ठ नागरिक
सहयोग प्राप्त व्यक्तिहरूले रेखा तामाङ लोप्चन र उनका सहकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता समाजसेवी अभियान निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।










