मकवानपुर । राक्सिराङ गाउँपालिका–६, ७, ८ र ९ का स्थानीय बासिन्दाले लोथर खोलामा पुल नहुँदा दैनिक जीवनमा ठूलो कठिनाइ भोगिरहेका थिए । लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तन भए पनि स्थानीय पूर्वाधारको अवस्था अझै अपूर्ण छ ।
हाल यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा माननीय र प्रदेश मुख्यमन्त्री हुनुहुन्छ, तर स्थानीय बासिन्दाका समस्या प्रायः नजर अन्दाज हुने गरेको सामाजिक सञ्जालमा गुनासो गरिएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका जिल्ला सदस्य जय बहादुर तितुङले सामाजिक सञ्जालमा लेखेका छन्:
“राणा ढल्यो। पन्चायत ढल्यो।
बहुदल ढल्यो।।
राजतन्त्र ढल्यो।
गणतन्त्र आइ सि युमा छ। जनताको अबस्था जिउको तिउ छ। मेरो यो क्षेत्रबाट धेरै माननीय ज्युहरु उत्पादन गराए र हाल यो क्षेत्रबाट निर्वाजित माननीय ज्यु मुख्यमन्त्री हुनुहुन्छ तर हजुरहरु नजर यता कहिले लगाउनु हुन्छ? कठै मेरो राक्सिराङ गा पा वडा न ६,७,८,९ जाने लोथर खोलामा पुल नभएर सधै जनताले दु: पाइराख्नु पर्ने। त्यसैले यो खोलामा राख्ने पुलको समस्याको बारेमा तपाईहरुको नजर कहिले पुग्ने होला? हेर्नुहोस आज युवाहरुले सिङ्गै रुख बोकेर बाटो बनाउने काम गर्नु भएको छ। बाटो बनाउने सबैलाई सेलुट।”
स्थानीय बासिन्दा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकार र निर्वाचित प्रतिनिधिहरूले यस प्रकारका आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने जोड दिएका छन् ।











