राक्सिराङ- ४ देविटार–डुमटार नमुना टोल घोषित

राक्सिराङ–४, मकवानपुर | राक्सिराङ गाउँपालिका–४ अन्तर्गत देविटार–डुमटार टोललाई आधिकारिक रूपमा पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त नमुना समुदाय घोषणा गरिएको छ । वडाभित्रकै पहिलो नमुना टोलका रूपमा चिनिएको देविटार–डुमटारले स्वच्छता, खानेपानी र स्वास्थ्य व्यवहारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

उक्त घोषणा समारोहमा वडा नं. ४ का वडा अध्यक्ष सन्जय कोइरालाले सभा अध्यक्षको भूमिका निभाए । कार्यक्रमका विशिष्ट तथा अन्य अतिथिहरूमा वडा नं.५ अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता हरि बहादुर प्रजा, वडा नं.३ अध्यक्ष उत्तम वाईबा, कालिका मावि, राक्सिराङ प्र.अ. सुजन मुक्तान, राक्सिराङ ४ स्वास्थ्य चौकी इन्चार्ज गणेश मोक्तान, वडा कार्यालय सहयोगी–सचिव मदान मुक्तान, RRN जिल्ला संयोजक, लिला कार्की (RRN, युवा समाजसेवी एवम् युवा नेता विरेण लामा थिए ।

देविटार–डुमटार खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको आयोजनामा र RRN को प्रायोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा देविटार–डुमटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बिश्वलाल थिङले स्वागत मन्तव्य राखेका थिए । साथै कार्यक्रममा डम्फु–टुङ्ना सहितका सांस्कृतिक प्रस्तुती, समुदायस्तरको अनुगमन तथा फिल्टर वितरण गरिएको युवा समाजसेवी विरेण लामाले जानकारी दिएको छ ।

त्यस्तै देविटार–डुमटार टोल राक्सिराङ–४ मा घोषणा भएको पहिलो नमुना टोल बनेको छ । जसले सम्पूर्ण वडाका अन्य बस्तीहरूलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.