राक्सिराङ, मकवानपुर । राक्सिराङ गाउँपालिका–८ मैसिराङस्थित श्री चेपाङ्ग प्रगती प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ ।
U.S.D ((Unity For Sustainble Development nepal) को सहयोगमा आयोजित कार्यक्रममा कक्षा ECD देखि कक्षा ४ सम्म अध्ययनरत ३९ जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको विद्यालयका शिक्षकले बताए ।
साथै उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो । स्थानीयस्तरमा शिक्षा सुधारका लागि गरिएको यस प्रकारको सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रतिको आकर्षण र अनुशासन दुवै बढाउने विश्वास लिइएको छ ।
प्रतिकृया दिनुहोस्











