मकवानपुर । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा एक वृद्धले गोली प्रहार गरी अर्का व्यक्तिको हत्या गरेका छन् । शुक्रबार बिहान करिब १० बजेतिर राक्सिराङ १, कोलगैरी ठकुरीडाँडामा भएको घटनामा ६४ वर्षीय ठूले गोलेको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ७५ वर्षीय इमानसिंह थोकरले व्यक्तिगत रिसिइबीका कारण गोलेमाथि गोली प्रहार गरेका थिए । दुवैबीच लामो समयदेखि चल्दै आएको विवादकै कारण घटना भएको preliminary अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
घटनापछि प्रहरी टोलीले स्थल निरीक्षण गर्दै थप अनुसन्धान अघि बढाएको छ । अहिले आरोपीलाई नियन्त्रणमा लिइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्











