राक्सिराङ गाउँपालिका ७ मा महिलाहरुको हातबाट प्रतिक्षालय निर्माण

राक्सिराङ (मकवानपुर) – राक्सिराङ गाउँपालिका–७ जुरेथुमका लालिगुरांश महिला समुहले तिहारमा देउसी–भैलो खेलेर संकलन गरिएको रकमबाट सार्वजनिक प्रतिक्षालय निर्माण गरेका छन् । महिला समूहले आर्थिक स्रोत परिचालन गरी गरिएको यो काम स्थानीय विकासको उत्कृष्ट उदाहरण बनेको छ ।

महिला समूहको पहल र सक्रियतामा बनेको प्रतिक्षालय अहिले पूर्ण रूपमा तयार भइसकेको छ । छाना, पर्खाल र आवश्यक संरचना निर्माण गरी स्थानीयलाई सहज हुनेगरी प्रतिक्षालय सञ्चालनमा ल्याइएको हो ।

स्थानिय युवा तिलक लामा पाखृनले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै सम्पूर्ण दिदीबहिनीहरूको योगदानप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार “आफ्नो गाउँ आफैँ बनाउने” अभियानअन्तर्गत महिलाहरूको सक्रियता प्रशंसनीय रहेको छ ।

स्थानीय विकासमा महिलाको नेतृत्व र समर्पण
यस्तो सामूहिक प्रयासले गाउँमा आवश्यक पूर्वाधार निर्माणमा ठूलो योगदान पुर्‍याएको छ । सामुदायिक एकता, दानपत्र, श्रमदान र सांस्कृतिक गतिविधिबाट संकलित रकम सदुपयोग गर्दै स्थानीय स्तरमै विकासको काम अघि बढाइएको छ ।

साथै स्थानियवासीले आफ्नो ठाउँको विकास आफैँ गर्न सकिन्छ भन्ने सन्देश दिएको भन्दै महिलाहरुको प्रयासको प्रशंसा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.