सुकुम्बासी मतदातामा लालपुर्जा आश्वासनले भ्रम फैलाउँदै एमाले उम्मेदवार बर्तौला

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र–२ मा सुकुम्बासी र अव्यवस्थित बस्तीका बासिन्दाको दीर्घकालीन समस्या समाधानका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरूले प्रत्यक्ष संवाद र लिखित प्रतिबद्धता प्रस्तुत गर्दै मतदाताको विश्वास जिते । सुकुम्बासी तथा अव्यवस्थित बस्ती सङ्घर्ष समितिको पहलमा आयोजित कार्यक्रममा करिब ८५०० सुकुम्बासी परिवार सहभागी थिए ।

उम्मेदवारहरूको प्रत्यक्ष प्रतिबद्धता प्रत्यक्ष संवाद र लिखित प्रतिबद्धता कार्यक्रमको मुख्य आकर्षण बने । नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामासहित अन्य सात दलका उम्मेदवारले आफ्नो योजना प्रस्तुत गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।
बुद्ध लामाले भने,
“सुकुम्बासीको समस्या केवल आश्वासनले समाधान हुँदैन । योजनाबद्ध कदम, कानुनी संरचना र स्पष्ट नीति आवश्यक छ । मैले लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी बासिन्दासमक्ष मेरो योजना सार्वजनिक गरेको छु ।”
एक सहभागी बासिन्दाले प्रतिक्रिया दिए,
“हामीलाई आश्वासन मात्र होइन, प्रत्यक्ष संवाद र लिखित प्रतिबद्धता चाहिन्छ । बुद्ध लामाको कार्यशैलीले हामीलाई भरोसा दिलायो ।”
कांग्रेस बाहेकका सात दलका उम्मेदवारले पनि आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गरे । आयोजक समितिका अनुसार यसले बहुदलीय प्रतिनिधित्व र पारदर्शिता सुनिश्चित गरेको छ ।

एमाले उम्मेदवार महेश बर्तौलाको अनुपस्थिति र भ्रम ।
तर नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौला सार्वजनिक सुनुवाइ कार्यक्रममा अनुपस्थित रहे । समितिले औपचारिक निमन्त्रणा पत्र र फोन मार्फत जानकारी गराएको भए पनि बर्तौलाले कार्यक्रममा उपस्थिती जनाएनन् र लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेनन् ।
यद्यपि, हाल बर्तौलाले विभिन्न वडाका चुनावी कार्यक्रमहरूमा पुगेर मतदातासँग व्यक्तिगत रूपमा आश्वासन दिइरहेका छन् । उनी भनिरहेका छन्, “म दिन्छु लालपुर्जा, एमालेले दिन्छ लालपुर्जा”, जसले मतदातामा सार्वजनिक मञ्चमा अनुपस्थित भए पनि समस्या समाधान गर्ने क्षमता भएको भ्रम फैलाइरहेको छ ।

एक बासिन्दाले भने,
“सार्वजनिक मञ्चमा आएर योजना र प्रतिबद्धता देखाउनु पर्छ । घरघर गएर मात्र कुरा गर्नु पर्याप्त छैन । यसले मतदातामा भ्रम फैलाउँछ र पारदर्शिता कमजोर बनाउँछ ।”
कार्यक्रममा सहभागी बासिन्दाले उम्मेदवारको प्रत्यक्ष संवाद र लिखित प्रतिबद्धतालाई अत्यन्तै महत्वपूर्ण ठाने । उनीहरूको भनाइ छ, आश्वासन मात्र पर्याप्त छैन; उम्मेदवारले स्पष्ट योजना, नीति र कानुनी कदम सार्वजनिक गर्नैपर्छ ।

एक मतदाताले भने, “हामी बहुमतले सहयोग गर्ने उम्मेदवारको व्यवहार र पारदर्शिता हेर्नेछौं । जसले सार्वजनिक रूपमा प्रत्यक्ष संवाद र लिखित प्रतिबद्धता देखाउँछ, उनीमाथि भरोसा गर्न सकिन्छ ।” साथै समितिले आगामी दिनमा अनुपस्थित उम्मेदवारलाई औपचारिक संवाद र प्रतिबद्धतामा सहभागी हुन आग्रह गर्दै, निर्वाचन अघि मतदातामा भ्रम सिर्जना गर्ने गतिविधिबाट सचेत रहन चेतावनी दिएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रम मनकामना मन्दिरमा २०८२/११/०३ गते सम्पन्न भएको थियो । प्रतिनिधि सभा २०८२ फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सुकुम्बासी तथा अव्यवस्थित बस्तीको समस्या र मुद्धामा उम्मेदवारहरूको एजेन्डा र धारणा सोधिएको थियो । सहभागी उम्मेदवारले आ–आफ्ना एजेन्डा र धारणा प्रस्तुत गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । तर २०७९ को निर्वाचनबाट निर्वाचित र हाल पनि उम्मेदवार रहेका एमालेका महेश कुमार बर्तौला उक्त कार्यक्रममा उपस्थित भएनन् ।

कार्यक्रमको बेला अनुपस्थित रहँदा पनि बर्तौलाले हाल विभिन्न वडाका चुनावी कार्यक्रममा मतदातालाई भ्रममा पार्दै, “लालपुर्जा दिने” आश्वासन दिइरहेका छन् । आयोजकले यसलाई सार्वजनिक मञ्चबाट भागेर व्यक्तिगत आश्वासनमार्फत मतदातामा भ्रम फैलाउने प्रयासको रूपमा व्याख्या गरेका छन् ।

एक स्थानीयले भने,
“महेश जी, प्रतिनिधि सभामा तपाईंले नबोल्नु भयो, कस्ले बोल्ने ? नबोलेर घरघरमा मात्रै आश्वासन दिनु पर्याप्त छैन । जनता अगाडि स्पष्ट बोल्नुहोस् ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.