जन्मदिनमा उदाहरणीय काम: पन्जनीका ठाकुर लामा थिङले गरे बाटो सरसफाइ

मकवानपुर । जन्मदिनलाई रमाइलो र औपचारिक कार्यक्रममा मात्र सीमित नराखी राक्सिराङ गाउँपालिका–४ पन्जनी निवासी ठाकुर लामा थिङले सामाजिक काम गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

आफ्नो जन्मदिनको अवसरमा थिङले दुङ्गुदेखि राक्सिराङ गाउँपालिका–४ वडा कार्यालय जाने बाटो JCB मार्फत सरसफाइ तथा व्यवस्थापन गराएका हुन् । सडकमा रहेका माटो, ढुंगा तथा अन्य अवरोध हटाउँदै स्थानीयको आवतजावत सहज बनाउने उद्देश्यले उक्त काम गरिएको हो ।

वडा कार्यालय तथा गाउँपालिकाबाट उक्त बाटोको आवश्यक सरसफाइ तथा व्यवस्थापन हुन नसक्दा स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भइरहेको देखेपछि आफूले जन्मदिनको अवसरमा केही नयाँ र सकारात्मक काम गर्ने सोच बनाएको थिङले बताए ।

“वडा कार्यालय र पालिकाले यो बाटोको सरसफाइ तथा व्यवस्थापन नगरेको र स्थानीयलाई आवतजावतमा समस्या भइरहेको देखेँ । जन्मदिनमा अरू भन्दा फरक र नयाँ काम गरौँ भन्ने सोचले आफ्नै पहलमा बाटो सरसफाइ गराएको हुँ,” थिङले भने ।

आफ्नो विशेष दिनमा व्यक्तिगत खुसीसँगै गाउँ–समाजको हितलाई जोड्दै गरिएको यो कार्यलाई स्थानीयस्तरमा सकारात्मक तथा उदाहरणीय पहलका रूपमा लिइएको छ ।

जन्मदिनमा गरिने खर्चलाई सामाजिक सेवासँग जोडेर समुदायको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्ने थिङको पहलले ‘आफ्नो खुसीसँगै समाजका लागि पनि केही गरौँ’ भन्ने सकारात्मक सन्देश दिएको छ ।
सामाजिक कार्यमार्फत आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाएको भन्दै स्थानीयले समेत थिङको यस कार्यको प्रशंसा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.