राक्सिराङ । जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी सामाजिक सेवामार्फत मनाउने उदाहरण प्रस्तुत गर्दै बिपी माया मुक्तानले श्री आधारभूत विद्यालय, देबिटारका १०८ जना विद्यार्थीलाई विद्यालय पोशाकअन्तर्गत टाई वितरण गरेकी छन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्य दिल बहादुर थिङकी श्रीमती बिपी माया मुक्तानले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले टाई वितरण गरेकी हुन् ।
जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गर्ने उनको यो पहलले विद्यार्थी तथा अभिभावकमा सकारात्मक सन्देश दिएको छ । विद्यालय परिवारले समेत यस सहयोगलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि प्रेरणादायी र प्रशंसनीय कार्यका रूपमा लिएको जनाएको छ ।
विद्यालयले सहयोगप्रति बिपी माया मुक्तानलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सेवाका कार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेको छ ।
‘जन्मदिनमा केक काट्ने मात्र होइन, कसैको भविष्य निर्माणमा योगदान गर्ने दिन पनि बनाउन सकिन्छ’ भन्ने सन्देश उनको यो कार्यले दिएको छ ।
🎂 राक्सिराङ अनलाइन परिवारको तर्फबाट बिपी माया मुक्तानज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ! 💐










