अध्यक्ष गुरुङद्वारा असार १५ भित्र सदस्यता वितरण गर्न निर्देशन

मकवानपुर, असार ०६ गते । नेपाली तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले असार १५ गतेभित्र सदस्यता वितरण गरी अधिवेशन गर्न परिपत्र गरेको छ ।

बिहीबार अध्यक्ष गुरुङले तरुण दलका सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर भनेका छन्, ‘दलका जिल्ला कार्य समितिहरूले अधिवेशन हुन बाँकी आ–आफ्ना जिल्लाका वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्रहरूमा सदस्यता लिन छुट भएका तरुण साथीहरूलाई ध्यानमा राखी २०८२ साल असार १५ गतेसम्म सदस्यता वितरण गरी त्यसपछि मात्रै अधिवेशन गर्न निर्देशन गरिन्छ ।’

‘दलको पाँचौँ महाधिवेशनको सन्दर्भमा त्यस जिल्लामा गरिएका अधिवेशनका कार्यहरू निरन्तर अघि बढाउनु होला,’ अध्यक्ष गुरुङले भने, ‘साथै जिल्ला कार्यसमितिहरूले नपुग आवश्यक सदस्यता फारमहरूको दलको केन्द्रीय कार्यालयबाट बुझी लानु होला ।’

साथै अध्यक्ष गुरुङले पाँचौँ महाधिवेशन छिट्टै सम्पन्न गर्न क्रियाशील भएर देशभरिका सम्पूर्ण जिल्लाहरूमा अभियानको रुपमा लागिरहेको भन्दै तरुणहरूलाई धन्यवाद प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.