मकवानपुर, भदौ ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको विकट गाउँपालिका राक्सिराङ गाउँपालिका १ का सुमनसिं चेपाङको घर बनाइदिने भएका छन् ।
बानियाँले व्यक्तिगत खर्चबाट चेपाङको घर निर्माणका लागि करिब ५ लाख बराबरको रुपैयाँ सहयोग गरेर घर निर्माण गर्दिने प्रतिबद्धता जनाएको नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापति बिरेन्द्र जिम्बाले बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै उनले आफ्नो सेवासुविधाको रकमबाट विपन्न, गरिबहरूको आवास बनाइदिने प्रतिबद्धता जनाएका थिए ।
साथै चेपाङको पारिवारिक अवस्था निक्कै दयनीय रहेको भन्दै नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका सभापति बिरेन्द्र जिम्बाको टिमले मुख्यमन्त्री बानियाँ समक्ष सिफारिस गरेपछी चेपाङको घर बन्ने भएको हो । बानियाँले आफूले पाउने सेवासुविधाबाट खर्च हुने गरी चेपाङको घर निर्माण गर्न लागेको हो ।











