पत्रकार दिलभुषण पाठक पक्राउ पुर्जी

मकवानपुर, २८ जेठ गते । पत्रकार दिल भुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । साइबर ब्युरोको अनुरोधमा पक्राउ पुर्जी जारी भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्साल स्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको ब्युरोका अधिकृतले बताए ।

उक्त होटल शंकर ग्रुपको स्वामित्वमा छ । होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उनले होटल खरिद गरेको पाठकले समाचारमा आरोप लगाएका थिए ।

जयवीरले यसअघि आफ्ना बुवा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याड आयात गर्दा कर छुट हुनेगरी करको दर हेरफेर गरेको पनि पाठकले आफ्नो समाचार सामग्रीमा उल्लेख गरेका छन् ।

१७ तले सो होटलको नक्सापास विवादको बिचमा देउवा परिवार सो होटलसँग जोडिएको समाचारमा दाबी गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्– ‘कपोलकल्पित सामग्री प्रसारण गरेको भनेर उजुरी परेको थियो, त्यसैमा पक्राउ पुर्जी जारी भएको छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.