मकवानपुर । R Unity Youth Club, Raksirang–4, मकवानपुरको आयोजनामा तिहारको अवसर पारेर राक्सिराङ गाउँपालिका–४ स्थित ऐतिहासिक लथान मन्दिर परिसरमा झिलिमिली बत्ती बाल्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, युवा तथा क्लबका सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको क्लबले जनाएको छ । तिहारमा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा सहभागीहरूले मन्दिर परिसरमा झिलिमिली बत्ति बाल्दै शुभकामना आदानप्रदान गरेका थिए ।
R Unity Youth Club, Raksirang–4, मकवानपुर परिवारले कार्यक्रमलाई सफल बनाउन सहयोग, सहभागिता र उपस्थितिका लागि सम्पूर्ण स्थानीय बासिन्दा, ब्यक्तित्व र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्











